काठमाडौँ:
जनता समाजवादी पार्टी (जसपा) का युवा नेता विश्वदीप पाण्डेले पार्टी फुटाउनका लागि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहित सांसद र कार्यकारिणी समिति सदस्यको घरमा पुगेको आरोप लगाएका छन्।

बाबुराम भट्टराई निकट पाण्डेले सामाजिक संजाल फेसवुकमा उनले लेखेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ।’

उनले जसपा करिब फुटको संघरमा रहेको बताएका छन्।

‘त्यो पैसाको झोला फिर्ता गर्ने सांसद/कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको उनले बताएका छन्।

यस्तो स्थितिमा जसपा फुटमा रमाउने भन्दा पनि लोकतन्त्र बचाउन र सुसंस्कृत राजनीति गर्नतर्फ लाग्न पाण्डेको सुझाव छ।

‘यो जसपाको मात्रै सरोकारको विषय होइन, पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने भन्ने गम्भीर विषय हो। यस्तो दुष्प्रवृत्ति नरोक्ने हो भने दुई दशकअघिको राजनैतिक कुसंस्कार थप झ्याँङ्गिदै जानेछ’, उनले भनेका छन्।

सरकारको विषयमा चरम विवादमा रहेको जसपा भित्र अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री ओलीप्रति नरम छ भने अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकार विस्थापन हुनुपर्ने पक्षमा छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version