काठमाडौँ: न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका ७७ वर्षीय खड्कालाई कोभिड–१९ को संक्रमण भएपछि गत १० गते सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना संक्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

जनकपुरमा जन्मेका खड्काको कानुन र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । कानुन व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version