काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्न आबश्यक रहेको बताएकी छिन् ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेला आज एक विशेष समारोहका बीच ललितपुरमा उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसाय त्यसमा पनि महिलाहरूले उत्पादन गरेको वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला यस क्षेत्रको विकासमा सहयोगी हुने धारणा ब्यक्त गरिन ।
हिन्दु नारीहरूको महान चाड तीजको अवसर पारेर महिला उद्यमीहरूलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने उद्देश्यले याक प्यालेस, पुल्चोक ललितपुरमा आयोजित उक्त मेला तीन दिनसम्म संचालन हुने छ ।
उक्त मेलामा विभिन्न जिल्लाका साना तथा मझौला व्यवसायी महिलाहरूले आ–आफ्नो उत्पादनहरू प्रदर्शनीमा राखेका छन् ।
सरकारले यस क्षेत्रको विकासमा विशेष गरी सहज रूपमा ऋणको व्यवस्था, बजार पहु“च तथा प्रवद्र्धन र नविनतम तकनिकीमा उद्यमीहरूले सरकारको सहयोग खोजेको स्पष्ट परिन ।
यो क्षेत्रलाई विस्तार हुने वातावरण बनाइदिन आवश्यक रहेको जसले गर्दा दिगो रूपमा व्यवसाय संचालनमा सहयोग पुग्ने धारणा राणाले राखिन ।
उद्यमशीलता प्रवद्र्धन मार्फत मुलुक भित्र रोजगारीको पर्याप्त अवसर सृजना गर्न सकिने अध्यक्ष राणाले बताइन् । मेला महोत्सवले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका खेल्नुका साथै विशेष गरि महिला दिदी बहिनीहरूलाई व्यवसाय संचालनमा थप उर्जा मिल्ने धारणा समेत राखिन् ।
समय समयमा आयोजना गरिने मेला महोत्सव मुलुकभित्र साना तथा मझौला उद्यमको यथार्थ वस्तुतथ्य बाहिर ल्याउन कोषेढुंगा हुने विश्वास लिएको अध्यक्ष राणाले बताइन् ।
