काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए ।

‘मलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ ? आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,’ ओलीले भने । उनले प्रतिपक्षी दलहरूलाई सोधे, ‘आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?’

‘विश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं,’ ओलीले भने ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभासँग ओलीले जोड दिएर विश्वासको मत मागिरहेका छन् । उनले प्रतिपक्षी दलहरूलाई भने, ‘संसद्को‌ स्थायित्वका लागि मुद्दा लडेर ल्याएको संसद् बचाउँ, भोट दिउँ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version