काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले बहुमतको सरकार बनाउन प्रयत्न जारी राख्ने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा ७६ (२) अनुसार आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउन प्रयत्न जारी राख्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
त्यसका लागि सबै दलहरुसँग समर्थन जुटाउनका लागि प्रयास गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाललगायत सहभागी थिए ।
देउवाले आजको लागि निर्धारण गरिएको सर्वदलीय बैठक स्थगित गरेर पदाधिकारी बैठक राखेका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version