काठमाडौँ:
ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो। अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ।

काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे। मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन्। यस्तै स्टेफेन बिनोङले काठमाडौं रेजर्सका लागि तोस्रो गोल गर्दै जित सुनिश्चत गरेका थिए।

प्रतिस्पर्धात्मक भएको खेलमा मेसौकेको पासमा स्टेफेनले बल अगाडि बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी अवसर पाएको थियो। पेनाल्टी प्रहार आएका मेसौकेले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

२२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउँदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।

यसअघि २८ औं मिनेटमा ललितपुरका गौरव बुढाथोकी पेनाल्टी बक्स भित्र पाएको सुन्दर अवसर गुमाउन पुगेका थिए। कप्तान अञ्जन बिष्टको पासमा गोलकिपर विकेश कुथु अघि बढेको अवस्थामा गौरवले खाली पोस्टमा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो।

६० औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३–० को अवस्थामा पु¥याए। तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलकिपर अर्पण कार्कीसँगको वान भर्सेज वानमा आकर्षक गोल गर्दै टोलीको जित निश्चित गरेका थिए। ७१ औं मिनेटमा काठमाडौंका डिफेन्डरले फाउल गरेपछि ललितपुरले फ्रिकिक पाएको थियो।

तर, डोना थापाको फ्रिकिक प्रहार क्रसबारको केही माथिबाट बाहिरियो। ८० औं मिनेटमा मैदानको दायाँ भागबाट प्रवेश कुँवरको प्रहारलाई गोलकिपर विकेश कुथुले बचाए। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा अन्जनको पासमा नुर्लानको हेडर आकाशिएको थियो।

काठमाडौंले शनिबार पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंसँग खेल्ने छ। पहिलो क्वालिफायरमा काठमाडौं अतिरिक्त समयमा २–१ गोल पराजित भएको थियो। काठमाडौंलाई फाइनल खेल धनगढीविरुद्ध बदला लिने अवसर पनि भएको छ।

दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ।

खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच घोषित हुँदै नगदा २५ हजार रुपैयाँ हात पार्दा इमर्जिङ प्लेयर अफ दि म्याचको उपाधि काठमाडौंका आशिष गुरुङले पाए। आशिषले १० हजार प्राप्त गरे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version