मोनाकोलाई २–० ले हराउँदै पेरिस सेन्ट जर्माइन (पिएसजी) ले कोपा डि फ्रान्सको उपाधि जितेको छ । बुधबार फाइनलमा पिएसजीका लागि माउरो इकार्डी कालियन एमबाप्पेले एक एक गोल गरे ।

इकार्डीले १९ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफमा एमबाप्पेले अर्को गोल थपे । यस सिजन एमबाप्पे अन्य क्लबमा जानसक्ने चर्चा पनि चलिरहेको छ ।

नेइमारले यसै महिनाको सुरुवातमा क्लबसँग सम्झौता लम्ब्याउने निर्णय लिएका थिए । तर एमबाप्पेले अहिलेसम्म क्लबसँग्को सम्झौता नविकरण गरेका छैनन् । रियल म्याड्रिड र म्यानचेस्टर सिटीले एमबाप्पेमाथि आँखा लगाइरहेका छन् ।

फाइनल खेलपछि प्रतिक्रिया दिदैं पिएसजीका फुलब्याक एलेस्यान्द्रो फ्लोरेन्जीले एमबाप्पे क्लबमै बस्ने आशा व्यक्त गरेका छन् ।

‘हामी एमबाप्पेमा विश्वास गर्छौ । उनी विश्वका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । हामीलाई आशा छ, उनले लामो समयसम्म खुसी राख्नेछन्,’ उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version