नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता नेपालले प्रतिगमन दोहोरिएको टिप्पणी गरेका छन्। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको टिप्पणी उनको छ।

नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग-२ भएको पनि बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भर्त्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान गरेका छन्।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु,’ उनले भनेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version