काठमाडौँ:
नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बरिष्ठ नेता नेपालसहित अर्का बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।

कम्युनिष्ट आन्दोलनलाई कमजोर गराउन, कम्युनिष्ट पार्टीको नेतत्वलाई कमजोर बनाउन, आफ्नो नेतृत्वमा रहेको सरकार गिराउन विपक्षीसँग साँठ गाँठ गरेकोले स्पष्टीकरण सोधिएको उनले बताए।

आफ्नो पार्टीको अध्यक्ष, दलको नेता, र प्रधानमन्त्रीलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलहरुसँग मिलेर, हस्ताक्षर गरेर सरकार गिराउने गतिविधिमा संलग्न नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको उनको भनाई छ।

उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ। स्पष्टीकरण सोधिकाहरु विघटित प्रतिनिधिसभा सदस्य हुन्।

माधव नेपाल पक्षका सांसदहरुले शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावीमा हस्ताक्षर गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version