काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेपाल समूहले आजसम्मको लागि जवाफ बुझाउने समय पाएपनि जवाफ बुझाएको छैन । बरु माधव समूह विपक्षी गठबन्धनसँग मिलेर सर्वोच्च जान लागेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version