काठमाडौ: चीन, टर्की र कतारमा अन्तर्राष्ट्रिय उडान खोल्ने बारे कुनै प्रष्ट निर्णय विहिबारको क्याबिनेटले नगरको संचार तथा सूचना प्रविधि मन्त्री पार्बत गुरुङले जनाएका छन् ।

आज साँझ बसेको मन्त्रीपरिषद बैठकले उड्डयन मन्त्रालयको प्रास्तावमाथि छलफल मात्रै भएको तर निर्णय नै भने भैनसकेको उनले बताए ।

केही संचार माध्यमले भने जेठ १८ देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला खोल्ने निर्णय गरेको भनेर समाचार आएका छन् । ती देशहरुमा सातामा एउटा उडानमात्र खुला गरिएको समेत केहि संचार माध्यम भनिएका छन्।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version