काठमाडौँ:
मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।
संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले आज ४ बजेट सार्वजनिक गर्दैछ।
हरेक वर्ष वार्षिक बजेट विधेयकको रुपमा संसदबाट ल्याउनुपर्ने व्यवस्था भए पनि अहिले प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको हो।
जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ।
