वीरगन्ज:
वीरगन्जमा आगामी असार १ गतेदेखि विद्यालय संचालन गरिने भएको छ। वीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर विद्यालय खोल्ने निर्णय गरेको मयर विजय कुमार सरावगीले बताए।

सबै परिस्थिति सामान्य रहेमा पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका कक्षा संचालन गरिने उनले बताए।

महानगरमा कोरोना घट्दो रहेकोले शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको उनको भनाई छ।

आइतबारदेखि विद्यालयका प्रशासनिक काम संचालन हुने उनले जानकारी दिए। विद्यालयमा भौतिक उपस्थिति गराएर पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्यका मापदण्ड पुरा गर्न भनिएको छ।

महानगरले कक्षा संचालनका लागि ७ वटा सर्त बनाएको छ। विद्यालयका सवारी सधान नचलाउन महानगरले भनेको छ।

शिक्षण सिकाईका वैकल्पिक उपाय विद्यालय र अभिभावकबीच सहमति गरेर गर्न भनिएको छ। असार १ देखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय काम हुने, ८ देखि १५ गतेसम्म भर्ना सप्ताहका लागि घरदैलो र असार १५ पछि नियमित पठन पाठन सुचारु गर्न महानगरले भनेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version