काठमाडौँ: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पत्र पेश गर्दै मुख्यमन्त्रीमा दबी गरेका हुन्।

जसपा महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र केन्द्रबाट पठाएको थियो। शुक्रबार नै महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र पठाएको ठाकुर निकट एक नेताले बताए।

गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदको हस्ताक्षर र सशरीर उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version