काठमाडौँ: सेयर बजारमा आजआइतबार एकैदिन १९ अर्ब ५५ करोड बढीको शेयर कारोबार भएको छ । यो रकम एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो ।
यसअघि जेठ २३ गते आइतबार १७ अर्ब २३ करोडको शेयर कारोबारको रेकर्ड थियो । एक हप्तामै पुरानो रेकर्ड २ अर्ब २८ करोडको कारोबार रकम बढेर तोडिएको हो ।
यसदिन २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १ लाख ८२ हजार ४३० वटा संख्यामा कारोबार भएको छन् । दिनभर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।
नेप्से सूचक नेप्से १.३० प्रतिशत अर्थात ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ । यसअघि जेठ २५ गते मंगलबार शेयर बजार मापक सूचक नेप्सेले २९६०.१४ बिन्दुको उच्चतम बिन्दु कायम गरेको थियो । आइतबार सो रेकर्ड समेत २२.९७ बिन्दुमा थि पुगेर तोडिएको छ । यो बिन्दु हालसम्म कै उच्च विन्दु हो । आज सेन्सेटिभ परिसूचक पनि ७.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ ।
आइतबार ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य ३९ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, सर्वाधिक ४ प्रतिशतले घटेको बजारमा युनाइटेड इदिमर्दी , साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, र समीट माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत धेरैले घटेको छ ।
कारोबार रकमका आधारमा आज अरुभ भ्याली हाइड्रोपावरको सबैभन्दा धेरे ७२ करोड २९ लाखको शेयर कारोबारमा आएको छ । लुम्बिनी विकास बैंकको ५८ करोड ३९ लाख, नेशनल आइइड्रोपावर ५४ करोड ४० लाखको शेयर खरीद बिक्री भयो । यसैगरी नेपाल पुनर्बीमा कम्पनी, ज्योति विकास बैंक, अरुण काबेली पावर, रसुवागढी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, गरिमा विकास बैंक, अपि पावर कम्पनीको शीर्ष लश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको अपि पावरको ३३ करोड ६७ लाखको शेयर कारोबारमा आएको छ ।
