काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ३० प्रतिशत कर्मचारीबाट केन्द्रीय कार्यालयबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

यस अघि २० प्रतिशत कर्मचारीबाट मात्र सेवा प्रवाह गर्न दिइएको निर्देशनलाई परिमार्जजन गर्दै राष्ट्र बैंकले कर्मचारीको संख्या १० प्रतिशतले वृद्धि गर्न निर्देशन दिएको हो ।

इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै केन्द्रीय बैंकले केन्द्रीय कार्यालयको हकमा एक तिहाई र शाखा कार्यालयको हकमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न भनेको हो ।

यसअघि जेठ १९ गते राष्ट्र बैंकले बैंकहरुलाई केन्द्रीय कार्यालयमा बढीमा २० प्रतिशत र शाखा कार्यालयमा बढीमा २५ प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । बैंकहरुको शाखा भने आलोपालोमा नै सञ्चालन हुने छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version