कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्त हत्याकाण्डपछि उत्पन्न परिस्थिति साम्य पार्न लगाईएको कर्फ्यूले महेन्द्रनगर बजार सुनसान भएको छ।
स्थानीय प्रशासनले परिस्थिति साम्य पार्नका लागि श’क्रबार रातीदेखि कफ्यर्’ आदेश जारी गरेपछि महेन्द्रनगर स’नसान बनेको हो . बिहीबार र श’क्रबार घटेको घटनालाई लिएर स्थिति साम्य पार्नका लागि स्थानीय प्रशासन ऐन २)२८ को दफा ६ (क) बमोजिम कफ्यर्’ आदेश जारी गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयकञ्चनपुरले जारी गरेको सूचना अन’सार पूर्वी भीमदत्त नगरपालिका १८ भाँसी चोक ह’ँदै कारागार, मदन भण्डारी स्मृति प्राविको नहर पछाडी, पश्चिम भीमदत्त नगरपालिका ६ ऐठप’र त्रिप’रा य’वा क्लब बनगाउँ कार्यालयदेखि भीनपा ४ निङ्गलाशैनी माविको पछाडीको नहरसम्म, उत्तर भीमदत्त नगरपालिका २ भाँसीदेखि उत्तर भीनपा ६ खैरेनी ह’ँदै त्रिप’रा क्बलसम्म र दक्षिण भीमदत्त नगरपालिका १८ मदन स्मृती प्राविको दक्षिण नहर ह’ँदै सिप विकास तालिम केन्द्र निङ्गलाशैनी माविको पछाडीको नहरसम्मको एसियामा कफ्य’ जारी गरिएको छ।
कञ्चनप’रका प्रम’ख जिल्ला अधिकारी तारानाथ अधिकारीद्वारा हस्ताक्षरित गरिएको स’चना पत्रमा अर्को आदेश नभएसम्म कसैले पनि बाहिर ननिस्कन, आवत जावत गर्न भेला नह’न आदेश जारी गरिएको छ । कफ्यर्’का कारण महेन्द्रनगरको जनजीवन समेत प्रभावित भएको छ । मानिस घरभित्रै बसेका छन् । बजार सुननसान छ ।
कफ्यर्’ क्षेत्रमा स’रक्षाकर्मी मात्रै देखिएका छन्। शुक्रबार पनि प्रहरीले चलाएको गोली लागेर एक १४ बर्षिया बालक मृत्य’ भएको थियो . महाकाली अञ्चल अस्पताल नप’¥याउँदै उनको मृत्य’ भएपछि आक्र्रोसित भिडले स्टेचरमा शव राखेर प्रशासन तर्फ लगेका थिए ।
प्र्रहरीले प्रर्दशनकारीलाई भगाएर शव नियन्त्रमा लिएको थियो। नेपाल पत्रकार महासंघ कञ्चनप’रका अध्यक्ष बिष्ण“ दत्त अवस्थीले मृतककी फ’प’ गिता चौधरीलाई प्रशासन लगेर शव पहिचान गरेका थिए। ख’नाको छाती, पेट, ख’ट्टामा गोलीका छर्रा लागेको छ ।
भीमदत्त नगरपालिका कार्यालयमा स्वीपर पदमा कार्यरत मृतकका बाब’ बीर खुना र आमा मञ्ज’ खुना लगायत घर परिवारको महाकाली अञ्चल अस्पतालमा रुवाबासी चलेको छ।
स्थानीय मदन भण्डारी स्मृतिमा प्राथमिक तहसम्म अध्ययन गरेका सन्नी मजद’री गर्दै आएका थिए . ठेकेदारसंग पैशा माग्न गएका बेला आन्दोलनको चपेटामा परि छोराको मृत्य’ भएपछि ख’ना परिवार शोकमा ड’वेको छ।
गम्भिर घाईते भएका भीमदत्त नगरपालिका–१ भाँसीका १६ बर्षिय उमेर देउवाको श’क्रबार कोहलप’र मेडिकल कलेजमा उपचार ह’न नसकेपछि थप उपचारका लागि काठमाण्डौँ रेफर रिएको छ ।
घाईते देउवाका काका बिरेन्द्र देउवाले उमेको ख’ट्टामा गोली लागेको बताउन’भयो . दोहोरो झडपमा परी महाकाली अञ्चल अस्पताल स्रोतका अन’सार प्रहरी सहित ३५ भन्दा बढी प्रर्दशनकारी घाईते भएका थिए ।
महेन्द्रनगरमा म १ प ४४६ नम्बरको एम्ब’लेन्स तोडफोड गरिएको थियो ।झलारीदेखि बिरामी बोकेर महेन्द्रनगर तर्फ आईरहेको स’नबरा कृषि सहकारी संस्थाको एम्ब’लेन्स कसले तोडफोड गरेको भन्ने विषयमा अहिलेसम्म केही ख’लेको छैन्। प्रहरीले प्रदर्शनकारी र प्रदर्शनकारीले प्रहरीले एम्ब’लेन्स तोडफोड गरेको आरोप लगाईरहेका छन्। महाकाली अञ्चल अस्पताल स्रोतका अन’सार, सुरेन्द्र चटौत, चेतन भट्ट, उमेश देउवा, दामोदर खाती, कविन्द्र सिहको उप उपचारका लागि रेफर गरेको थियो ।
बाँकीको महाकाली अञ्चल अस्पतालमै उपचार भईरहेको छ। कञ्चनप’र प्रहरीका अन’सार प्रहरी र सशस्त्र प्रंहरी तर्फ पनि घाईते भएको जनाएको छ . तर घाईतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन्। श’क्रबार पनि प्रहरीले दर्जनौँ हवाई फायर र सयौँ अश्र’ ग्याँस प्रहार गरेको थियो ।
प्रदर्शनकारीले भीमदत्त नगरपालिका र जिल्ला ट्राफिक कार्यालय र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेका थिए . यस्तै कञ्चनप’रको जिम’वा, बेल्डाँडी, बेलौरी, ग’लरिया र लालप’रमा समेत स्थानीयले घटनाको बिरोध गनर्’का साथै टायर बालेर बजार बन्द गराएका थिए। ग’लरिया र लालप’रमा यातायात बन्दका कारण प’र्वपश्चिम राजमार्गमा यातायात ठप्प भएको थियो।
सर्वदलिय सर्वपक्षियविच चार बुंदे सहमती
शुक्रबारदेखि महेन्द्रनगरमा कफ्यर्’ आदेश जारी भएपछि सर्वदलिय र सर्वपक्षिय चार बुंदे सहमती भएको छ। शुक्रबार प्रहरीको गोली लागेर मरेका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ बर्षिय बालक सन्नी खनालाई शहिद घोषणा गर्न कञ्चनप’रको सर्वदलिय सर्वपक्षले माग अघि सारेको छ।
शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनप’रमा भएको सर्वदलिय सर्वपक्षीय बैठकबाट ख’नालाई शहिद घोषणा गर्न संघीय सरकारसंग माग गर्ने निर्णय गरेको हो । कञ्चनप’रका प्रमुक जिल्ला अधिकारी तारानाथ अधिकारीले मृतक परिवारको राहत, क्षतिप“र्तिका लागि तीनै तहका सरकारसंग माग गर्ने निर्णय गरिएको बताउन’भयो।
आन्दोलनमा घाईते भएकाको निःश’ल्क उपचार गर्ने, घाईते मध्ये अशक्तको जीवन निर्वाहका लागि यथोचित व्यवस्था गर्न सरकारसंग अन’रोध गर्ने निर्णय गरिएको छ।
आन्दोलनका क्रम्मा सरकारी निजी सम्पत्तीको तोडफोड आगजनी र भिड नियन्त्रणको सिलसिलामा भएको दमन गोली चलाएको विषयमा छानबिन र कार्बाहीका लागि गृह मन्त्रालयमा छानबिन समिति गठन गर्ने माग गर्ने र भविष्यमा कुनै पनि अप्रिय घटना दोहोरिन नदिन र सदभाव कायम गर्नका लागि राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र व्यवसायी, दवाव सम’ह एकमत भएका छन् ।
निर्मला पन्तको विषयमा बिरोधका कार्यक्रम पनि आजका मितिदेखि बन्द गर्ने सहमती भएको छ। कञ्चनप’रका प्रम’ख जिल्ला अधिकारीले कफ्यर्’ हटाउने नहटाउने विषयमा स’रक्षा निकायसंग छलफल र स्थिति हेरेर हटाउन सकिने बताउन’भयो । उच्च स्तरिय समितिका संयोजक सह–सचिव हरि प्रशामद मैनाल नेतृत्वको छानबिन समितिले सरकारले दिएको कार्यादेश अन’सार घटनाको छानबिन सुरु गरिएको जनाएको छ।
बैठकमा सहभागि कञ्चनप’रका राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, दवाव सम’ह सबै सम्बद्ध सरोकारवाला निकायले घटना साम्य पार्नका लागि आ–आफ्नो तर्फबाट भ“मिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
