काठमाडौं: असार ७ गतेपछि बैंकहरु पूर्णरूपमा चल्ने भएका छन्। निषेधाज्ञा खुुकुलो हुँदै गएकाले बैंक फुलफ्लेज्डमा चलाउन बैंकरबीच सहमति भएको हो। सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ।

बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति बनेको हो। अहिले निषेधाज्ञा कारण शाखाहरु पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ। बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेको छ।

अब भने मालपोत कार्यालय खुलेमा ऋणको काम पनि हुने छ। अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ। यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो।

वर्षान्त नजिकिँदै गएका कारण पेन्डिङ कामहरु पनि सक्नुपर्ने भएकाले सम्भव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको एक बैंकले जानकारी दिए। बुधबारबाट बैंकका एक तिहाइ शाखा संचालन छन्। त्यसअघि काठमाडौं उपत्यकामा जम्मा ६ वटा शाखा मात्र खुल्थे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version