काठमाडौँ: गत बैशाख १६ गतेजारी जारी निषेधाज्ञाको बीच असार ८ गतेदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली मार्फत निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।

आइतबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।

निर्णय अनुसार ट्याक्सीमा तीन जना र कार, जिप, र भ्यानमा बढीमा चार जना मात्रै यात्रु राख्न पाइनेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने असार १४ गते राति १२ बजेसम्म चलाउन पाइने छैन ।

अत्यावश्यक सवारीसाधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरेर सञ्चालन गर्न पाइने भएको छ । सर्वाजनिक तथा निजी निमार्ण ढुवानी कार्यका लागि बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने भएको छ ।

बैठकले यसअघि असार ७ गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ । तर यस अवधिमा विद्यमान प्रावधानलाई केही खुकुलो बनाउँदै स्थानीय प्रशासनले बार अनुसार सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version