काठमाडौँ:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन्।

पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री हुने बताए।
‘यो नियम संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याएको बताए। कहिले आफै त कहिले महान्यायाधीवक्ता मार्फत ओलीले अदालतलाई धम्क्याएको उनले बताए।

यो पटक आफूहरुले नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको उनको भनाई छ।

‘यो पटक हामी प्रधानमन्त्री हुन पाए सरकार बनाउन पाए भन्ने कुराबाट प्रेरित छैनौं’, प्रचण्डले भने, ‘देशलाई वर्वाद बनाउन खोजियो त्यसका विरुद्ध हाम्रो प्रयास हो।”
५ पूर्वप्रधानमन्त्रीको विज्ञप्ति बुझ्नेलाई काफी भएको उनले बताए। केपी ओलीलाई प्रजातन्त्रिक छलफल मन नपर्ने उनको आरोप छ।

दाहालले गुठी विधेयकबारे देशव्यापी विरोध हुँदा ओली दमन गर्ने पक्षमा भएको र त्यसो गरे आफू सडकमा जाने चेतावनी दिएपछि विधेयक फिर्ता लिएको उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version