काठमाडौँ: भारतको कोभिड टास्क फोर्सका प्रमुख डा. भीके पोलले कोरोना भाइरसको डेल्टा प्लस भेरिएन्ट अहिलेसम्मकै संक्रामक भन्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन्।

बीबीसी हिन्दीका अनुसार सोमबार उनले भनेका छन्, ‘अहिलेसम्म कुनै त्यस्तो प्रमाण एवं वैज्ञानिक तथ्य फेला परेको छैन, जसले डेल्टा भेरिएन्ट अहिलेसम्मै अत्यधिक तीव्र गतिमा फैलिने भेरिएन्ट हो भन्ने पुष्टि गरोस्।’

यसैगरी डेल्टा प्लस भेरिएन्टलाई खोपले पनि काम नगर्ने आशंकाको पनि कुनै ठोस प्रमाण नभएको उनको दाबी छ। डेल्टा प्लसबारे वैज्ञानिकको अनुसन्धान सुरुवाती चरणमै रहेको पनि उनले बताए।

यो भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भइसकेको छ।

डा. पोलको सुझाव छ, ‘हामी अनुशासित (स्वास्थ्य सुरक्षाका मापदण्ड पालना) भयौं भने कुनै पनि महामारी नियन्त्रण गर्न सक्छौं।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version