काठमाडौँ: नागरिकता अध्यादेशसहित सरकारले जारी गरेका सबै अध्यादेश राष्ट्रियसभामा पेस भएका छन् ।

भौतिक पूर्वाधारमन्त्री समेत रहेका बसन्तकुमार नेम्वाङले राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस गरेका हुन् ।

सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको नागरिकता अध्यादेश, बजेट अध्यादेश लगायत राष्ट्रियसभामा पेस भएका हुन् ।

त्यसअघि सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको अध्यादेश राष्ट्रियसभामा पेश गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले नियमापत्ति गरेका थिए ।

तर, अध्यक्ष गणेश तिमिल्सिनाले नियमापत्ति लागू नहुने भन्दै अध्यादेश पेश गर्न समय दिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version