काठमाडौँ: निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय दिने निर्णय गरेको छ।

आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताका लागि समय दिने निर्णय गरेको हो।

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा बहस भइरहेका बेला आयोगले निर्वाचन कार्यतालिका ल्याएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै जेठ ८ मा निर्वाचन घोषणा गरेकी थिइन्। कात्तिक २६ र मंसिर ३ मा प्रतिनिधि सभा चुनाव गर्ने तय थियो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि समय दिने निर्णय भइसकेको बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version