काठमाडौँ:
नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमको समय सकिएको छ । अध्यक्ष ओलीले असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए ।

शुक्रबार बालुवाटारमा बसेको ओली पक्षीय बैठकलाई सम्बोधन गदै अध्यक्ष ओलीले आफ्नो पार्टीका नेताको नेतृत्वको सरकारविरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नहुने र उनीहरु एमाले पनि नरहने घोषणा गरेका थिए । तर, खनाल–नेपाल पक्षले अदालतबाट आउने फैसलालाई स्वीकार गर्ने हस्ताक्षर फिर्ता नलिने अडानअनुसार ओलीको अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता गरेनन् ।

अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता नगर्ने सांसदहरुलाई अब ओलीले कस्तो कारवाही गर्छन् या गर्दैनन् भन्ने एमालेभित्र चासो बढेको छ ।

यता माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने प्रस्ट पारिसके पनि ओलीको अल्टिमेटम दिएपछि पनि ओलीपक्षीय नेताहरुले २३ सांसदको हस्ताक्षर फिर्ता गराउने प्रयास जारी राखेका थिए ।

त्यसका लागि आइतबार बिहान ओलीपक्षीय नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेपाल निवास पुगेर हस्ताक्षर फिर्ता र पार्टी एक रहेको सन्देश दिनेगरी संयुक्त वक्तव्य जारी गर्न आग्रह गरेका थिए । तर, कार्यदलले वक्तव्यको मस्यौंदा ल्याउन आग्रह गरेपनि त्यस्तो मस्यौदा लिएर उनीहरु पुनः नेता नेपाललाई भेट्न गएका छैनन् ।

खनाल नेपाल पक्षका एक सांसद भन्छन्, ‘हस्ताक्षर फिर्ता गर्ने शर्तमा ओलीसँग कुनै पनि सहमति हुँदैन भनेर हामीले भन्दै आएका हौ, अहिले पनि त्यही मान्यतामा छौ । त्यसैले ओलीले जतिसुकै धाकधम्की दिऊन् वा कारवाही नै किन नगरुन् हामी डराउनेवाला छैनौ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version