उदयपुर: कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिए ।

कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको उनले बताए ।

मृतक नेपालीको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र फरार जीप चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version