काठमाडौँ: एकाबिहानै काठमाडौँबाट फोहोर बोकेर गएको ट्रकले एक महिला थाकार दिएपछि महिलाको मृत्यु पछि ओखरपौवामा अहिले तनाव उत्त्पन्न भएको छ ।

फोहोर बोकेर गएको बा २ ख ६११८ नम्बरको ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीलाई ठक्कर दिएपछि स्थानीयले अहिले त्यहाँ कुनै पनि सवारी चल्न दिएका छैनन् । घटनापछि फोहर बोक्ने काम पनि अवरुद्ध भएको छ ।

स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेपछि सवारी आवागमन प्रभावित भएको जनाएको छ ।

स्थानीयको प्रदर्शनपछि अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने सवारी दुवैतर्फ रोकिएका छन् ।

घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन कार्य समेत प्रभावित भएको छ । काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका सबै गाडीहरु काठमाडौंतिर नै फर्किएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version