काठमाडौँ:
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।
कार्यदलमा रहेका नेताहरुको आउजाउ चलिरहेकै भएपनि बैठक भने सुरु हुन नसकेको हो ।

यसैबीच कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिएका छन् । नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलसहितका नेताहरु सिंहदरबारबाट बाहिरिएका हुन् ।
यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।

शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो ।

कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए ।

त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version