काठमाडौँ:
नेकपा (एमाले)का नेता योगेश भट्टराईले राजनीतिक दलका नेताहरुले विश्वचर्चित फुटबलर मेसी र नियमारबाट संस्कार सिक्नुपर्ने बताएका छन्।

कोपा अमेरिकाको फाइनल खेल हेरेपछि नेता भट्टराईले राजनीतिक कर्मीहरुले प्रतिस्पर्धा र मित्रताको संस्कार मेसी र नेइमारबाट सिक्नुपर्ने बताएका हुन्।

आज बिहान भएको कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलाई पराजित गरेको थियो। घरेलु मैदानमै पराजित भएपछि ब्राजिलको फुटबल टोलीका कप्तालन नियमार मैदानमै रोएका थिए। पछि उनले आफ्ना प्रतिस्पर्धी अर्जेन्टिनाका कप्तान मेसीलाई अंगालो हाल्दै बिजयको लागि बधाई दिएका थिए।

सोही दृश्य टेलिभिजनमा हेरेपछि नेता भट्राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिस्पर्धा र मित्रताको सँगम नै सांचो खेल हो। लजालु मेसी र चन्चले नियमार!
राजनीतिकर्मीले पनि सिक्दा हुने दुर्लभ फोटो!’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version