काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी दलमा भएको १० बुँदे सहमति विपरीत गलत व्याख्या भएको बताएका छन् । नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफ्नो समूहका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमा गरेको ब्याख्या सहमतिको भावना र मर्म विपरीत भएको नेता नेपालको भनाइ छ ।

उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा मानहानी गर्ने गरि गरिएको वा गरिने ब्याख्या आफू र आफ्नो समूहलाई मान्य नहुने स्पष्ट पारेका छन्।

नेपालको स्टाटस जस्ताको त्यस्तै :

हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version