काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले तीनै थरी इन्धनमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।

आन्दोलनरत पाँच विद्यार्थी संगठनसँगको वार्तापछि निगम मूल्य घटाउन सहमत भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मूल्य घटेसँगै अब पेट्रोल पतिलिटर १२८ रुपैयाँ, डिजेल र मटिट्तेल प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ।

मूल्यवृद्धिका विरुद्ध नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनयिन र अखिल (छैठौं) ले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गराएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version