काठमाडौँ: नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक मोबाइल एप’ सार्वजनिक गरेको छ।

बुधबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेकी हुन्।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ।

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको जनाएको छ।

बैंकका अनुसार उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध रहेको छ। प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने बैंकले जनाएको छ।

हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिब सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ। उक्त एपलाई क्रमिक रूपमा आईओएस अपरेटिब सिस्टममा समेत विस्तार गरिनेछ। यो लिंक मार्फत एन्ड्रोइड मोबाइलमा उक्त एप इन्स्टल गर्न सकिनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version