काठमाडौँ: यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले असार २९ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।

२०७८ असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाउन सहमति प्राप्त भए अनुसार अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागले जनाएकाे छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता एवं निर्देशक लोकनाथ भुसालका अनुसार दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २८ प्रतिशतले बढेको छ ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधन र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधानमा २६ प्रतिशतले भाडा बढेको विभागले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा. भुसालले बताए । विसं २०७२ यता भाडादर बढाइएको थिएन । उहाँले भने, “सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version