काठमाडौं: शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले ल्याएका १६ वटा विधेयकहरूलाई प्रक्रियामा लैजाने निर्णय गरेको छ ।
शनिबार बसेको बैठकले सङ्घीय संसद्को बैठक सुरु हुनुपूर्व अघिल्लो सरकारले ल्याएका अध्यायादेशलाई प्रक्रियामा लैजाने निर्णय गरेको हो ।
बैठकपछि कुरा गर्दै पहिलोक्लिकसंग कुरा गर्दै कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भन्नुभयो, ‘‘अघिल्लो सरकारले ल्याएका १६ वटा विधेयकलाई प्रक्रियामा लैजाने निर्णय गरेको छ ।’’
जारी अध्यादेशहरूलाई प्रतिनिधिसभाको पहिलो बैठकमा पेश गर्नुपर्ने नियम छ । यदि नयाँ सरकारले अघिल्लो सरकारबाट ल्याएका अध्यादेशलाई प्रतिनिधिसभामा पेश नगर्ने हो भने फिर्ताका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने हुन्छ ।
यसैगरी, गृहमन्त्री कार्कीले अनुसार, मन्त्रिपरिषद् बैठकले काठमाडौं–नयाँ दिल्लीको हवाइ उडान दुईवटा हुँदै आएकोमा अब तीनवटा गर्ने निर्णय पनि गरेको छ ।
