काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मतका लागि प्रस्ताव गरेका छन् ।

सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पहिलो बैठक बस्न लागेको आजको बैठकमा विश्वासको मतको प्रक्रिया अघि बढाउने तयारी भएको छ ।

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजै बस्ने दोश्रो बैठकमा संविधान बमोजिम विश्वासको मत लिने छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version