काठमाडौँ: पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएर संसदको पूर्णकार्यकाल सुनिश्चित भएसँगै भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिँदै भनेका छन्, ‘अन्ततः भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो ।’
भट्टराईले ट्वीटमा थपेका छन्, ‘नेकपाको २/३ बहुमत कांग्रेस गठबन्धनमा सर्यो ! १२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो। पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।’
Facebook Comments Box
