काठमाडौँ:
पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुंगा सञ्चालनमा आएको छ। दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुंगा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन्।

निषेधाज्ञाका कारण घरमै बसेका उनीहरुमा पुनः व्यवसाय सुरु भएपछि उत्साह छाएको हो। फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले प्रशासनसँग समन्वय गरेर डुंगा व्यवसाय सुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए।

भीडभाड हुन नदिन २० फुटे डुंगामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए। यसअघि आठ÷नौ जनासम्म राख्ने गरिएको थियो।
उनले भने, ‘यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुंगा मात्र सञ्चालमा छन्, फेवातालमा डुंगा सुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version