काठमाडौं: समयमै काम नसक्ने एक ठेकेदारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कारवाहीको कुरा गरेनन् , बरु सरकाले छान्दै रकम निकाशा नगरेकोले पुल अलपत्र परेको हुन सक्ने भन्दै घुमाउरो शैलीमा सोमबार उनकै बचाउ गरे ।
ती ठेकेदार हरिनारायण रौनियार हुन् जो राउतकै पार्टी संघीय समाजवादी फोरमबाट पर्साको निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने सांसद हुन् ।

ठेकेदारबाट राजनीतिमा छिरेका रौनियारको पप्पु कन्स्ट्रक्सनले तराई-मधेशमा अनेकौं सडक र पुल निर्माणका काम अलपत्र छाडेको छ ।
राजनीतिको आडमै ठेक्का पाउने र निर्माणमा ढिलाई गर्दा धनुषा, सिरहा, सर्लाही, रौतहट र पर्सामा निर्माणाधीन पुल र सडक बन्न सकेका छैनन् ।

त्यस्ता ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन केन्द्र सरकार जुर्मुर्याएको बेला रौनियारले भने पार्टीको धाप पाएका छन् ।

लालबकैया नदीको टिकुलिया घाटमा गएको शनिबार राति भएको डुंगा दुर्घटनापछि राउत घटनास्थल पुगेका थिए । उक्त घाटमा पुल निर्माणको जिम्मा पाएको रौनियारको पप्पु कन्स्ट्रक्सनले एक वर्षअघि नै सकिसक्नुपर्थ्यो ।
समयमा काम नगर्ने र ठेक्का लिएर विकास निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीको गत महिना गृहमन्त्रालयको निर्देशनमा सबै जिल्लाका प्रशासन कार्यालयले सूचि तयार पारेको थियो । प्रदेश २ मा सडक र पुलको निर्माण गर्ने ठेक्का सकार्ने र समयमा काम नगर्ने ठेकेदारको सूचीमा पप्पु कन्स्ट्रक्सन नै अगाडी देखिएको छ ।

विकास निर्माणका दर्जनौं काम अलपत्र पारेको भन्दै विवादमा तानिए पनि पछिल्लो समय रौनियारले आफु संचालक रहेको पप्पु कन्स्ट्रक्सनको जिम्मेवारी जेठा छोरा सुमितलाई सुम्पेका छन्
काठमाडौं: समयमै काम नसक्ने एक ठेकेदारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कारवाहीको कुरा गरेनन् , बरु सरकाले छान्दै रकम निकाशा नगरेकोले पुल अलपत्र परेको हुन सक्ने भन्दै घुमाउरो शैलीमा सोमबार उनकै बचाउ गरे ।
ती ठेकेदार हरिनारायण रौनियार हुन् जो राउतकै पार्टी संघीय समाजवादी फोरमबाट पर्साको निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने सांसद हुन् ।

ठेकेदारबाट राजनीतिमा छिरेका रौनियारको पप्पु कन्स्ट्रक्सनले तराई-मधेशमा अनेकौं सडक र पुल निर्माणका काम अलपत्र छाडेको छ ।
राजनीतिको आडमै ठेक्का पाउने र निर्माणमा ढिलाई गर्दा धनुषा, सिरहा, सर्लाही, रौतहट र पर्सामा निर्माणाधीन पुल र सडक बन्न सकेका छैनन् ।

त्यस्ता ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन केन्द्र सरकार जुर्मुर्याएको बेला रौनियारले भने पार्टीको धाप पाएका छन् ।

लालबकैया नदीको टिकुलिया घाटमा गएको शनिबार राति भएको डुंगा दुर्घटनापछि राउत घटनास्थल पुगेका थिए । उक्त घाटमा पुल निर्माणको जिम्मा पाएको रौनियारको पप्पु कन्स्ट्रक्सनले एक वर्षअघि नै सकिसक्नुपर्थ्यो ।
समयमा काम नगर्ने र ठेक्का लिएर विकास निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीको गत महिना गृहमन्त्रालयको निर्देशनमा सबै जिल्लाका प्रशासन कार्यालयले सूचि तयार पारेको थियो । प्रदेश २ मा सडक र पुलको निर्माण गर्ने ठेक्का सकार्ने र समयमा काम नगर्ने ठेकेदारको सूचीमा पप्पु कन्स्ट्रक्सन नै अगाडी देखिएको छ ।। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित गरिएको छ ।
पप्पुले पाएका आयोजना
१) डुडुवा नहर, ९८ करोड ८१ लाख
२) हरिवन-कौडेना सडक कालोपत्रे – १७ करोड ९२ लाख
३) टिकुली पुल, १४ करोड ९३ लाख
४) कमला पुल, २८ करोड १५ लाख
५) रातु पुल, १४ करोड ६४ लाख
६) औरही पुल, १२ करोड २९ लाख
७) तिलावे पुल, ३ करोड ३१ लाख
८) नौंरंगीया पुल, २ करोड ९८ लाख
९) फुलजोर पुल, १२ करोड २५ लाख

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version