काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब थियो।

आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगिन बाँकी रहेकाले देउवाले कांग्रेस सांसद श्रेष्ठलाई राज्यमन्त्रीमात्र नियुक्त गरेको बुझिएको छ।

राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ भोजपुरका हुन्। उनी कांग्रेसका समानुपातिक सांसद हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version