काठमाडौँ: सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाले प्रदान गर्ने ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ बराबर)को ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गर्नुका साथै राष्ट्र ऋण पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै कोबिड १९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुनु भन्दा अघि वा आदेशको अवधिभित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालु अवस्था तथा खरिद सम्झौता म्याद सम्बन्धी आपूर्तिकर्ता, निर्माण ब्यवसायी, सेवा प्रदायक वा परामर्शदाताले ६ महिना समय थप गर्ने निर्णय पनि भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version