काठमाडौँ:
शनिबार एकै दिन नेपालमा करिब पौने तीन लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। यसबारेको जानकारी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दिएका हुन्।

श्रेष्ठले सार्वजनिक गरेको विवरण अनुसार शनिबार नेपालभर २ लाख ८० हजार ९ सय ४१ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन्। हालसम्म नेपालमा ५६ लाख ८२ हजार ६ सय २७ जना नागारिकले कोरोनाविरुद्धको खोप लगाइसकेको श्रेष्ठले बताएका छन्।

नेपालमा पछिल्लो समय सबैभन्दा धेरै कोरोनाविरुद्धको खोप चीनबाट आएको छ। चीनले अनुदान र विक्री गरेकोसहित ४० लाख बढी डोज खोप पठाइसकेको छ। त्यसैगरी अमेरिका र भारतबाट पनि खोप आएको छ। भारतले सबैभन्दा सुरुमा केही लाख डोज खोप दिए पनि अहिले उसले दोस्रो मुलुकमा निर्यात रोकेको छ।

यता नेपालमा विश्व स्वास्थ्य संगठनको कोभ्याक कार्यक्रमबाट पनि खोप आइरहेको छ। अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिइसकेको छ। उता जापानले कोभ्याबाटै नेपालमा १६ लाख डोज खोप पठाउने भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version