काठमाडौँ: नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटमार्फत वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी घोषणा गरेर माओवादी पार्टीमा जाने ढोका खोल्न लागेको दाबी गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘क्वालीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाई कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version