काठमाडौँ: प्रधानमन्त्री केपी शर्माले, कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन र मुलुकका समसामयिक विषयमा आज सदनलाई जानकारी दिएपछि सांसदले प्रधानमन्त्री ओलीसँग भ्रष्टाचार, महिला हिंसा, आपराधिक क्रियाकलाप र करलगायतका विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “अहिलेको सरकारले कुनै पनि भ्रष्टाचार गर्दैन, अरुलाई पनि भ्रष्टाचार गर्न दिँदैन, भ्रष्टाचार गरेको सहँदैन, कृतिम मूल्यवृद्धिलाई प्रभावकारी ढङ्गले नियन्त्रण गरिनेछ, बजारको प्रभावकारी अनुगमन हुनेछ ।’’ स्थानीय तहको करबारे अतिरञ्जित ढङ्गबाट बढाइचढाई गरिएको बताउँदै उनले अधिनायकवादको लक्ष्य भनेको जनताको मत र जनाधारको अपमान गर्ने हुन्छ भन्ने पक्षलाई सबैले हेक्का राख्न आवश्यक रहेको बताए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को विकल्पमा रुपमा बिम्स्टेकलाई नबुझ्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले भने, “सार्कका हरेक शिखर सम्मेलन भइरहेका छन् । सार्कले अपेक्षितरुपमा गतिशील र प्रभावकारी काम गर्न नसकेको अवस्था भने छ । सार्कलाई गतिशील तुल्याउन आवश्यक छ, त्यो पक्षमा हामी छाँै ।”

प्रधानमन्त्री ओलीसँग सासद प्रेम सुवाल, गगन थापा, सञ्जयकुमार गौतम, भरतकुमार शाह, रामबहादुर विष्ट, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडू, सरिता गिरी, राजेन्द्र लिङ्देन, मीना पाण्डे, पुष्पा भुसाल, लक्ष्मी परियार, उमा अधिकारी रेग्मी, प्रमिला राईलगायतले भ्रष्टाचार, महिला हिंसा, करवृद्धिका अतिरिक्त सार्क र बिम्स्टेकका विषयसँग जोडेर जिज्ञासा राखेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version