काठमाडौँ: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा ‘स्काई वाक टावर’ परियोजना निर्माण हुने भएको छ।

बैंककले उक्त परियोजना निमार्णका लागि निमाणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता गरेको छ । बैंकले उक्त परियोजनामा साढे ६७ करोड लगानी गर्ने भएको छ । कोभिड–१९ बाट सृजित विषम परिस्थितिका बावजुद मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणा सहित काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनाहरु निर्माण गरिन लागिएको हो।

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादी स्थित ‘स्काई वाक टावर’ ७८ मिटर उचाई को हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुको लागि व्यवस्था सहितको पूर्वाधारहरु रहने छन् । मुलुककै अग्लो उचाईको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशा को सतह बाट अवलोकन गर्न सकिने यस परोयोजनाले आन्तरिक तथा बाह्य पर्यटक लाई उल्लेख्य मात्रामा आकार्षित गर्ने अपेक्षा गरिएको छ ।

यसै गरि धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको हो।्र प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ता बिच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको यस परियोजनाले देशको पुर्व भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने छ।्बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि ६७ करोड ५० लाख बराबरको कर्जा सिमा स्वीकृत गरेको छ।

बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतका बैंकको पदाधिकारीहरुको उपस्थिति थियो भने परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल, संचालक पदम प्रसाद न्यौपाने, संचालक तेज बाहादुर सिंह, संचालक खेम राज न्यौपाने लगायतका संचालक र व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रबेन्द्र पोखरेल तथा संचालक पदम प्रसाद न्यौपानेज्यूले परियोजनाको लक्ष्य सहित भावी योजनाहरुको बारेमा जानकारी गराउदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ सोचका साथ अगाडी बढेको समूहलाई विश्वास गरि पूर्ण प्रोजेक्ट फाइनान्सिङ्गको अवधारणा अंगिकार गरि कर्जा स्वीकृति भएको र सम्झौता सम्पन्न हुँदा आफुहरु निकै उत्साहीत भएको जनाए ।

्साथै, परियोजनाहरुको निर्माण कार्य द्रुत गतिमा संचालन गरी परियोजनाको व्यवसायीक संचालन तय गरिएको मिति भित्रै सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेृृ । सोही कार्यक्रममा बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा र नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले निफ्रा यस्तै किसिमका पूर्वाधार निर्माणमा वित्तीय पहुँच पुर्याउन स्थापित भएको हुँदा यस्ता नवीनतम सोचलाई हातेमालो गर्ने बैंकको रणनीति रहेको जानकारी गराए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version