काठमाडौँ: काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले काउन्टरको उद्घाटन गरेका हुन् ।

महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम÷सवल बनाउनमा विशेष महत्व खेलेको बताए ।

आगामी दिनमा स्थानीय बासीहरुको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराई जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै मेयरले बैंकको उच्च प्रगतिको शुभकामना मन्तव्य व्यक्त गरे ।

उनले नगरपालिका परिसरमा एक्सटेन्सन काउण्टरको स्थापना गरि राजश्व संकलन कार्य तथा बैंकिङ्क सेवा जस्तो महत्वपूर्णकार्यको थालनी गरेको र परिसरमा बगैचाको निमार्ण कार्य गरेकोमा कृषि विकास बैंक परिवारलाई धन्यवादन दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताए ।

कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रडक्टको बारेमा जानकारी गराउंदै नगरपालिकाको संगको सहकार्यलाई आगामी दिनमा अझ मजवुद बनाउंदै लैजानुका साथैै स्थानीय जनता र प्रतिष्ठानको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने उपाध्यायले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version