काठमाडौँ: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यले आफ्नो पदको निरन्तरता माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् ।

उनले सोमबार प्राधिकरणको कार्यकारी निर्देशक पदमा फिर्ता हुन रिट दर्ता गराएको सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । शाक्यले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरी आफूलाई पदस्थापन गराउन माग गरेका छन् ।
उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ ।

सरकारले शाक्यलाई ऊर्जा आयोगमा विशिष्ट श्रेणीमा सरुवा गरेर घिसिङलाई दोस्रो पटक प्राधिकरणको निर्देशक नियुक्त गरेको थियो ।

पूर्ववर्ती सरकारले शाक्यलाई गत माघ अन्तिम साता प्राधिकरणको कार्यकारी निर्देशक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो ।

घिसिङको पदावधि सकिएपछि गत कात्तिकमा शाक्य कायम मुकायम कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version