काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्।

बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। उनले १ बजेर १० मिनेटमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

सरकारले मंगलबार अध्यादेश ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरी अध्यादेश ल्याएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version