काठमाडौँ: तालिबानले देश कब्जा गरेपछि भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) को शरणमा पुगेका छन् ।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ ।

गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उनी देश छाडेर भागेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version