काठमाडौँ:
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा मात्रै १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु देखिएको छ।

महालेखा परीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरेको ५८औँ वार्षिक प्रतिवेदन बुझाएका हुन्।

उक्त प्रतिवेदनअनुसार अहिलेसम्म बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको हाे।

आर्थिक वर्ष २०७५/०७६ मा ६ अर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बेरुजु थियो। पछिल्लो समय १ दशमलव ८१ प्रतिशले बढेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘बेरुजुलाई असुल गर्नुपर्ने रकम, अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको, शोधभर्ना नलिएको र पेस्की बाँकीमा वर्गीकरण गरिएको छ।’

पेस्कीअन्तर्गत कर्मचारी पेस्की, मोबिलाइजेसन पेस्की, प्रतीतपत्र पेस्की र संस्थागत पेस्कीमा वर्गीकरण रहेको महालेखा परिक्षकले जानाकारी दिएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा संघीय र प्रदेश, सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थातर्फ लेखापरीक्षण गरिएको हो।

यस वर्ष संघीय, प्रदेश , स्थानीय तह र अन्य संस्थाहरुको ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखापरीक्षण गरेको छ। जसमा ३ हजार ७९ संघीय निकायको १५ खर्व ५५ अर्बको लेखा परीक्षणबाट ४४ अर्ब ३९ करोड बेरुजु रहेको छ।

प्रदेश निकायका १ हजार १९ कार्यालयको २ खर्ब ३७ अर्ब करोडको लेखा परीक्षण गर्दा २ अर्ब ५० करोड बेरुजु भएको छ।

६९९ स्थानीय स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षण गर्दा ४० अर्ब ८३ करोड बेरुजु देखिएको छ।

५८४ समिति तथा अन्य संस्थाको १ खर्ब ६३ अर्ब ५७ करोड लेखा परीक्षणबाट १२ अर्ब ६६ करोड रुपैयाँ बेरुजु रहेको छ। सार्वजनिक संस्था ८१ को २५ खर्ब ५५ अर्ब १३ करोडको लेखापरीक्षण गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version