काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन्।

भाजपा नेता चौथाइवालेले आइतबार प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन्।

उनी नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको निमन्त्रणमा नेपाल आएका बताइएको छ। सहमहामन्त्री महतले चौथाइवाले प्रधानमन्त्री देउवालाई भेट्नुअघि आफूसँग भेट गरेको जानकारी दिए।

‘उहाँ मेरो निमन्त्रणमा नेपाल आउनुभएको हो। प्रधानमन्त्रीज्यूसँग बालुवाटारमा भेट भयो,’ उनले नेपालखबरसँग भने, ‘त्यसअघि हामी दुईबीच छलफल भएको थियो।’

डा. महतले भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई विश्वास छ कि यो बैठक एक नयाँ सुरुवात हुनेछ।’

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएपछि भारतीय संस्थापन पक्षबाट भेट गर्न आउने चौथाइवाले उच्च नेता हुन्। उनले कांग्रेसका अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version