काठमाडौँ: पछिल्लो २४ घण्टामा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जनाको पिसिआर र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।
Facebook Comments Box
